संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्दै हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकलाई समेत अनुमति दिने प्रस्ताव अगाडि बढाइएको बताएका छन्।
मन्त्री भट्टराईले सेजनसँगको अन्तर्क्रिया कार्यक्रममा तत्कालका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उनीहरुलाई आउन दिने बताएका हुन्।
अहिले बाहिरबाट नेपाली र कूटनीतिक नियोगका मानिसमात्रै आउन पाइरहेका छन्। भैरहवा विमानस्थल र पोखरा विमानस्थलमा निर्माणको लागि आवश्यक जनशक्ति चीनसहित बाहिरबाट ल्याउन सकिएको छैन।
उनले उडान थप गर्दै विभिन्न आयोजनामा काम गर्ने विदेशी कामदार ल्याउने प्रस्ताव सीसीएमीमा गएको बताए।
त्यस्तै मन्त्री भट्टराईले विदेशमा अलपत्र परेका कामदारलाई नेपाल ल्याउने निर्णय भएको बताए। उनले दैनिक ८ सय यात्रु ल्याउने पाउने व्यवस्थालाई अब ३ हजार पुर्याउने बताएका हुन्।

प्रतिक्रिया