नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना कोरोना संक्रमित निको भएका छन्।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा १ हजार ८१८ जना कोरोना संक्रमित निको भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।
प्रवक्ता गौतमका अनुसार कोरोना निको हुने प्रतिशत ७१ रहेको छ।

प्रतिक्रिया