समाज


नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, आज थपिए १२ सय ४६

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो,  आज थपिए १२ सय ४६

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १०:३६,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।

पछिल्लो २४ घण्टामा ११ हाजर १४४ पीसीआर परीक्षण गरिएको र योसँगै नेपालमा ८ लाख १० हजार ४८५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजमर ८१८ जना कोरोना संक्रमित निको भएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad