कारोबार


भिजाले सुरु गर्‍यो भुक्तानी सुरक्षा रोडम्याप

भिजाले सुरु गर्‍यो भुक्तानी सुरक्षा रोडम्याप

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १०:५४,

विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूवात गरेको जनाएको छ।

नेपालको लागि पनि भिजाको भविष्यको सुरक्षा रोडम्यापले स्थानीय सम्बन्धित संस्थाकालाई विश्वव्यापी मापदण्डहरू र उत्तम अभ्यासहरू पूरा गर्न मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ।

विश्वव्यापी रूपमा, भिजाले सफलतापूर्वक आर्टिफिशियल इंटेलिजेंस (एआई) प्रयोग गरेर वार्षिक २५ अर्ब अमेरिकी डलरको ठगी रोकेको बताएको छ। जसले विश्वव्यापी भुक्तानी इकोसिस्टमलाई खुद्राविक्रेता र उपभोक्ताहरूको लागि सुरक्षित बनाएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भिजा सुरक्षा रोडम्याप (‘द रोडम्याप’) सुरूवात गर्दै एसिया प्यासिफिकका जोखिम प्रमुख जो कनिङ्गहमले भने, ‘विश्वव्यापी महामारीले गर्दा अधिक उपभोक्ताहरू र व्यवसायहरूलाई डिजिटल व्यवसाय अपनाउन प्रेरित गरेको छ। जब व्यक्ति पहिलो पटक डिजिटल भुक्तानी गर्न प्रयास गर्छन्, चाहे यो अनलाइन खरीदहरूको लागि भुक्तानी गरिरहेको होस वा पसलमा नगइकन कार्डले भुक्तानी गर्दैछ, भुक्तानी सजिलो छिटो र सुरक्षित भन्ने अनुभव महत्त्वपूर्ण छ। भुक्तानी सुरक्षा भिजाको सर्वोच्च प्राथमिकता हो र सम्बन्धित संस्थाका लागि साझा लक्ष्यहरूको निर्धारण हुनु डिजिटल भुक्तानीमा दीर्घकालीन विश्वास निर्माण गर्न मद्दतको लागि महत्त्वपूर्ण छ।’

भिजाका भारत र दक्षिण एशियाका ग्रुप कन्ट्री म्यानेजर टी आर रामाचंद्रनले भने, ‘उपभोक्ता तथा भुक्तानी डेटाको सुरक्षा सधैं भिजाका लागि सर्वोच्च प्राथमिकता रहेको छ। यो विश्वासका साथ जब नयाँ उपभोक्ता र व्यवसाय डिजिटल भुक्तानी तर्फ उन्मुख हुने बेलामा भुक्तानी नेटवर्क, उपभोक्ताहरू, बैंकहरू र सरकार बीच एक साझा जिम्मेवारी हुन्छ।’

यस्ता छन् सुरक्षा रोडम्यापका विशेषताहरुः
डाटाको अवमूल्यन इको सिस्टमबाट संवेदनशील भुक्तानी डाटा हटाएर वा चोरीएका खाताका विवरणहरू हटाउने।

डाटाको सुरक्षा डाटाको साथसाथै खाता विवरणहरू सेफगार्ड्स लागू गरी व्यक्तिगत तथा खाता विवरण सुरक्षित गर्ने।

डाटा कन्ट्रोल राम्रो लेनदेनको मंजूरीमा विश्वास वृद्वि गर्न सम्भावित ठगी हुनुभन्दा पहिले ठगी पहिचान गर्ने।

सशक्तिकरण बनाउदै खातावालाहरू र व्यापारीहरू सहित सबैलाई, भुक्तान सुरक्षित गर्नमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad