कारोबार


संविधान दिवसमा टेलिकमको तीन दिने ‘अनलिमिटेड’ अफर

संविधान दिवसमा टेलिकमको तीन दिने ‘अनलिमिटेड’ अफर

नेपालखबर
असोज १, २०७७ बिहिबार ११:४५,

नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रियदिवस) २०७७ असोज ३ को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउने भएको छ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

हाल समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटाप्याक ८ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको छुट दिएको टेलिकमले जनाएको छ। यो प्याक २०७७ असोज २, ३ र ४ गते ५५५ रुपैयाँमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad