नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन्।
बिहीबार जंगीअड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ।
‘मित्र राष्ट्रका उच्च पदस्त अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बिचको आपसी सम्बन्ध सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास छ’, भेटपछि सेनाले भनेको छ।
आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्किन लागेका राजदूत जाविदले यसअघि मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका थिए।
3
Shares

प्रतिक्रिया