कारोबार


कात्तिक ७ देखि क्लिन फिड लागू हुने

कात्तिक ७ देखि क्लिन फिड लागू हुने

नेपालखबर
असोज १४, २०७७ बुधबार १५:४८,

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक ७ गतेदेखि टेलिभिजनमा विज्ञापनरहित प्रशारण सेवा (क्लिनफिड) लागू गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गर्न गएको नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारसमेतको टोलीलाई यसबारे जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

त्यसक्रममा प्रधानमन्त्री ओलीले पत्रकारहरूको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत प्रत्याभूति गर्ने र अन्य क्षेत्रहरूमा सम्भव सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताएको थापाले जानकारी दिए।

असाेज ५ गते संसदको विकास तथा प्रविधि समितिले सरकारलाई समयमै विज्ञापन बोर्ड गठन गरेर कात्तिक ८ गतेदेखि क्लिनफिड लागू गर्न निर्देशन दिएको थियाे।

केबल टिभी अपरेटरहरुले पनि सरकारलाई क्लिनफिड लागू  गर्न सुझाव दिँदै आएका थिए।

उनीहरुले सरकारबाट अनुमति पाएका डिजिटल केबल टिभी अपरेटर तथा नेपाली डीटीएच, आईपीटीभी, डिजिटल टेरेस्ट्रेयल टीभी, स्थानीय केबल वितरकले विज्ञापनरहित च्यानल प्रसारण गर्ने अनिवार्य प्रावधान रहेकोले अवैध माध्यमबाट भइरहेका सेवा रोक्नुपर्ने, भारतलगायत विदेशी डीटीएच उपकरण जफत गर्नुपर्नेलगायतका माग राखेका छन्।

याे पनि : समयमै विज्ञापन बोर्ड गठन गरेर क्लिनफिड लागू गर्न संसदीय समितिको निर्देशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .