कारोबार


पोखराको निजी ल्याबबाट पनि अब पीसीआर परीक्षण

पोखराको निजी ल्याबबाट पनि अब पीसीआर परीक्षण

वाशुदेव मिश्र
असोज ३०, २०७७ शुक्रबार १२:४९,

पोखरामा निजी ल्याबले पनि पीसीआर परीक्षण सुरु गरेको छ। पोखराको न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले निजी क्षेत्रबाट गण्डकीमै पहिलोपटक कोरोना संक्रमण भए–नभएको जाँच (पीसीआर) थालेको हो । 

नेपाल सरकारको स्वीकृतिसहित पीसीआर थालेको लाइफ केयरले कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा. अमर नागिलाले जानकारी दिए।

उनका अनुसार ल्याबले सेवाग्राहीलाई २४ घण्टाभित्रै पीसीआरको रिपोर्ट उपलब्ध गराउने छ। सरकारको निर्णय अनुसार पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ नै कायम गरिएको र अरिरिक्त शुल्क नलिइने उनले स्पष्ट पारे। आवश्यक परे ३ घण्टामै पीसीआर रिपोर्ट दिन सकिने पनि उनले जनाए।

लाइफ केयरका प्रबन्ध निर्देशक शुक्रराज कँडेलका अनुसार कोरोना परीक्षणका लागि अमेरिकी ब्राण्डको उच्च प्रविधिको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन (एक पटकमा ९६ वटा टेष्ट गर्न सकिने) ल्याबमा राखिएको छ। पीसीआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था पनि गरिएको छ। दिनमा ५ सय जनाको परीक्षण क्षमता भएको उनले बताए।

संचालक डा. अमर नागिलाका अनुसार लाइफ केयरले परीक्षणको रिपोर्ट प्रमाणित गर्नका लागि पिएचडी उत्तीर्ण माइक्रोबायोलोजिष्टलगायत दक्ष कर्मचारी खटाएको छ। मेडिकल माइक्रोबायोलोजिष्ट डा. सञ्जिबमणि रेग्मीको पनि ल्याबमा संलग्नता छ। नागिला आफैँ पोखरा विश्वविद्यालयका प्राध्यापक हुन्।

उनले ल्याब्रोटरी साइन्समा पिएचडी गरेका छन्। ५ वर्षअघिबाट पोखरामा सञ्चालित यो ल्याब प्रदेशकै एकमात्र क वर्गको ल्याब हो। ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपीएचएल) बाट मान्यता प्राप्त गरेको छ। राजधानी काठमाडौंमा रहेका स्तरीय ल्याब बराबरकै सुविधा लाइफकेयरमा रहेको संचालकहरुको दावी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .