सरकारले केवलकार, जंगल सफारी सहित साहासिक पर्यटन सेवा सञ्चालन गर्न दिने अनुमति दिएको छ। कार्तिक २४ गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटन क्षेत्रका थप गतिविधी खुल्ला गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले केबलकार, साहासिक पर्यटन, जंगल सफारी, संग्राहलाय लगायतका पर्यटनसंग सम्वन्धित सेवा सुचारु गर्न स्वीकृत गरेको छ। उक्त सेवा सञ्चालन गर्न सम्बन्धित निकायले मन्त्रालयले तोकेको मापदण्ड पालना हुनेगरी सञ्चालनमा ल्याउन सक्नेछन्।
खुल्ला गरिएको सेवामा कोभिड १९ संक्रमणको जोखिम विश्लेषणगरी यस्ता गतिवविधिमा रोक लगाउन आवश्यक देखिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डीसीसीएमीले आवश्यक निर्णय गर्न सक्ने भएको छ।
पर्यटन मन्त्रालयले सेवा प्रदायक संस्थालाई स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्न अनुरोध गर्दै माताहतका निकायहरुलाई मापदण्ड पालना भए नभएको नियमित अनुगमन गर्न निर्देशन समेत दिएको छ।
मन्त्रालयले कुनै समस्या भएमा मन्त्रालयलाई जानकारी गराउने अनुरोध गरेको छ।

प्रतिक्रिया