सेयरबजारमा आज ४ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार २०३ कम्पनीको ४३ हजार ५ सय ८४ पटकको किनबेचमा उक्त परिमाणको कारोबार भएको हो।
आज साढे ९० लाख कित्ता सेयर बिक्री भएको छ। कुल १२ समूहमध्ये व्यापार, होटल, जलविद्युतको मात्रै आज कारोबार सूचक घटेको छ। बाँकी समूहको सूचक बढेको छ। लगानीकर्ताको आकर्षण भने आज पनि बीमा समूहमै परेको छ।
आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६७ करोडको सेयर किनबेच भएको छ। यो आजको सर्वाधिक कारोबार हो। त्यस्तै पुनर्बीमा कम्पनीको ३५ करोडको, हिमालयन डिस्टिलरीको ३० करोडको, माथिल्लो तामाकोशीको १८ करोडको कारोबार भएको छ।
त्यस्तै तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। महुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, नारायणी विकास बैंकको सेयर १० प्रतिशत हाराहारीले बढेपछि सर्किट लागेको हो।
हिमालयन डिस्टिलरीको पनि ९.१५ प्रतिशतले सेयर मूल्य बढेको नेप्सेले जनाएको छ। त्यस्तै शिवम् सिमेन्टकोे सेयर पनि आज ७.२६ प्रतिशतले बढेको छ। गुमाउने कम्पनीले आज ४.८४ प्रतिशतसम्म गुमाएका छन्।
Shares

प्रतिक्रिया