स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्यमा रु एक हजार १ सयले वृद्धि भएको छ। छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४ सयमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ।
छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३ सयमा कारोवार भएको थियो। यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सो सुन प्रतितोला रु ९४ हजार ८ सयमा सोमबार कारोवार भएको थियो।
यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ। चाँदी प्रतितोला रु एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो। रासस

प्रतिक्रिया