चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाको स्वामित्वमा रहेको आर्थिक पत्रिका सांघाई सेक्युरिटी न्युजमा चीनका शीर्ष उद्यमीको नाम प्रकाशित हुँदा ज्याक माको नाम उल्लेख नगरिएको हो।
यस कार्यले चीनको प्राथमिकतामा अब ज्याक मा नपरेको अनुमान गरिएको छ।
रोयटर्सका अनुसार सांघाई सेक्युरिटी न्युजको मंगलबारको पहिलो पृष्ठमा हुवावेका प्रमुख रेन जेङ्फी, साओमीका लि जुन र बीवाइडीका वाङ चाउननफुको नाम भने उल्लेख गरिएको छ।
पछिल्लो समय चीन ज्याक मासँग रुष्ट भएको बताइन्छ। ज्याक माले चिनियाँ बैंकिङ प्रणाली पुरानो र वृद्ध व्यक्तिहरुको क्लब भएको टिप्पणी गरेका थिए।
त्यसपछि उनी ३ महिनाका लागि सार्वजनिक रुपमा देखा परेका थिएनन्। चीन सरकारले उनको कम्पनीविरुद्ध छानबिन समेत थालेको थियो।
सांघाई सेक्युरिटी न्युजले शीर्ष चिनियाँको उद्यमीको सूची सार्वजनिक गर्दै पहिले पत्रिकाले प्राथमिकतामा राखेका उद्यमीले लापारवाही नायकको जस्तो व्यवहार गरेको पनि समाचारमा जनाएको छ। रोयटर्स

प्रतिक्रिया