समाज


महामारीको दोस्रो लहर सुरु भयो भने हामी अकल्पनीय अवस्थामा पुग्नेछौं : डा. पाण्डे

महामारीको दोस्रो लहर सुरु भयो भने हामी अकल्पनीय अवस्थामा पुग्नेछौं : डा. पाण्डे

नेपालखबर
माघ २०, २०७७ मंगलबार ९:५२,

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले देशमा बढ्दै गएको सभा/जुलुसले कोरोना महामारीको दोस्रो लहर निम्तिन सक्ने चिन्ता व्यक्त गरेका छन्।

हाम्रो देशमा महामरीको दोस्रो लहर सुरु भयो भने अकल्पनीय अवस्था आउने चेतावनी दिँदै डा. पाण्डेले सभा÷जुलुस गर्ने दल/नेतालाई सतर्कता अपनाउन सुझाव दिएका छन्।

डा. पाण्डेको भनाइ यस्तो छ :
जुलुस, आमसभा, ओहोरदोहोर आदिको राजनीतिक अर्थ हुन सक्छ। कोरोना महामारीको दोस्रो र तेस्रो लहरले धेरै देश बन्दाबन्दीमा छन्। अस्पताल प्याक छन्।

हाम्रो देशमा महामारीको दोस्रो लहर सुरु भयो भने हामी अकल्पनीय अवस्थामा पुग्नेछौं। महामारीको अर्को लहर रोकथाम गर्नु हरेक नेता तथा नागरिकको कर्तव्य हो।

सबै नेतागणले आफूले अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, भाषण गर्दा पनि मास्क लगाएर नै बोल्ने तथा आफ्नो आह्वानमा आउने सबै नागरिकलाई सहि तरिकाले अनिवार्य रूपमा मास्कको अनुरोध तथा व्यवस्था गर्ने, भौतिक दूरी कायम गर्नाका लागि तदनुसारका योजना बनाउने, कुनै पनि बैठक गर्दा भेन्टिलेसन पर्याप्त भएको ठाउँ रोज्ने, आमसभा वा धर्नास्थलमा साबुनपानी तथा ह्यान्ड स्यानिटाइजरको व्यवस्था गर्ने र समारोहलाई जनस्वास्थ्यमैत्री बनाउने हो भने केही हदसम्म महामारी नियन्त्रणमा योगदान हुने थियो।

यसो गर्नु सम्भव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad