आगामी क्रिसमससम्म उनले मोबाइल फोन नचलाउने निर्णय गरेको ट्रिब्युन इन्डियाले जनाएको छ।
आमिर आफ्नो नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ को लागि मिहिनेत गरिरहेका छन्। करिना कपुरले पनि यस चलचित्रमा काम गर्ने बताइएको छ।
यो चलचित्र आगामी क्रिसमसमा रिलिज हुने बताइएको छ। आमिरका अनुसार सुटिङमा फोन दोहोरिदै आएपछि काम तथा सुटिङमा अवरोध भएको छ।
टम ह्यांक
अब लाल सिंह चड्डाको रिलिजसँगै आफूले फोन चलाउने आमिरको भनाइ छ। यस चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’ आधिकारिक रिमेक हो।
फरेस्ट गम्पले सन् १९९५ मा ओस्कारका ६ वटा विधामा अवार्ड हात पारेको थियो।
उक्त चलचित्रमा विश्व चर्चित अभिनेता टम ह्यांकले अभिनय गरेका थिए। टम ह्यांकले यसै चलचित्रबाट ओस्कार प्राप्त गरेका थिए।


प्रतिक्रिया