माछापुच्छ्रे बैंक लिमिटेडले राजधानीको तीनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
बुधबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडमार्फत भुक्तानी गरी उक्त सेवा सुरु गरेका हुन्।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए।
उनले भविष्यमा आफ्नो व्यापार व्यवसायको बृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने कुरा बताए। साथै उनले नेपाल राष्ट्र बैंक डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी दिए।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले तरकारी तथा फलफूल बजारमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ«े बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ«े बैंकले सुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफूल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पुहुच पुर्याउने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीले तरकारी किनेर क्युआर कोड मार्फत उक्त तरकारीको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए।
सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रतिक्रिया