कारोबार


चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब

चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब

नेपालखबर
माघ २१, २०७७ बुधबार १२:२५,

निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि निर्धारित निर्वाचन कार्यक्रमका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार निकासा गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने उक्त रकम निकासाका लागि पत्र पठाएको जानकारी दिए।

उनका अनुसार यससम्बन्धी निर्णय मंगलबार भए पनि बुधबार पत्राचार गरिएको हो।

महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नुपरेको हुँदा विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुनेगरी कोभिडको आवश्यक स्वास्थ्य सतर्कता समेतलाई ध्यान दिई निर्वाचन सञ्चालन कार्यविधि तयार गरिएको आयोगले जनाएको छ।

यसबारे आयोगले मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि छलफल गरेको थियोे। निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यहरुको लागि मात्र बजेट माग गरिएको आयोगले दाबी गरेको छ।

आयोगले विगत निर्वाचनमा प्रयाग भएर हाल मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधनहरु मर्मत गरी प्रयोग गरिने भएकोले नयाँ सामग्री, उपकरण र सवारीसाधन खरिद गर्ने गरी बजेट नमागिएको जनाएको छ।

कोभिड १९ को कारण आवश्यक सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको आयोगले जनाएको छ।

निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको आयोगको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad