कारोबार


सञ्चार क्षेत्रलाई अन्य उद्योग सरह मान्यताका लागि पहल गरिदिन आग्रह

सञ्चार क्षेत्रलाई अन्य उद्योग सरह मान्यताका लागि पहल गरिदिन आग्रह

नेपालखबर
माघ २१, २०७७ बुधबार १५:१४,

मिडिया एलाइन्सले संचार क्षेत्रलाई अन्य उद्योग सरह मान्यता दिलाउने सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गरेको छ।

बुधबार काठमाडौंमा एलाइन्समा आवद्ध संचार उद्यमीहरुले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग भेट गर्दै संञ्चार क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउने बारे पहल गरिदिन आग्रह गरेका हुन्।

एलाइन्सका अध्यक्ष भाष्करराज कर्णिकारले संचार क्षेत्रको भूमिका र महत्वलाई बुझि व्यवहार गर्न आग्रह गरे। संचारगृहलाई पत्रकार र पत्रकारिताको आँखाबाट मात्र हेर्दा एक पक्षीय हुने भन्दै अध्यक्ष कर्णिकारले मिडियामा पनि ठूलो लगानी हुने भएकोले उद्योग सरह व्यवहार गरिनुपर्ने बताए।

मिडिया एलाइन्सका पदाधिकारीहरुले उद्योग वाणिज्य महासंघ र संचार उद्यमीबीचको सम्बन्ध परस्पर हित हुनेगरी विकास गर्न पनि आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिडिया क्षेत्र पनि व्यवसाय र उद्योग नै भएको विषयमा महासंघ भित्र कुनै द्वविधा नरहेको स्पष्ट पारे।

उनले यस क्षेत्रलाई जिम्मेवार उद्योग बनाउन महासंघले पहल गर्ने प्रतिवद्धता जनाए।

सो अवसरमा अध्यक्ष गोल्छाले मिडिया क्षेत्रको विषयलाई महासंघको भिजन पेपरमा समेट्ने विश्वास दिलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad