ग्लोबल आईएमई बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच सम्झौता भएको छ।
बैंकिङ क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच सजिलै पु-याउने उद्देश्यले विकास गरेको ‘ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसन’ मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा बैंक र एससीटीबीच औपचारिक सम्झौता भएको हो।
एससीटी ले गहनअध्ययन र अनुसन्धान गरी विगत दुई वर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थाम ल्याईको यस उपकरणमा मोबाइल बैंकिङ, इबैंकिङ, सेल्फ बैंकिङ, स्मार्ट क्यूआर र कार्डमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन्।
यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरल ढंगले बैकिङ सेवा र सुविधाहरुको पहुँच हुनेछ। साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदै आएको छ।
डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैंकिङ क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुवै कम्पनीहरुको रहेको छ।
Shares

प्रतिक्रिया