कारोबार


बुद्ध एयरको दैनिक सय उडान, दुई देशीय सहमतिमा बनारसमा फेरि उडान गर्ने

बुद्ध एयरको दैनिक सय उडान, दुई देशीय सहमतिमा बनारसमा फेरि उडान गर्ने

नेपालखबर
माघ २६, २०७७ सोमबार ७:२,

नयाँ जहाजको आगमनसँगै बुद्ध एयरले आक्रामक बजार विस्तार गर्नलागेको छ।

काठमाडौंबाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ। थपिएको जहाजपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन्।

कोभिड–१९ का कारण शिथिल भएको हवाइ क्षेत्रलाई चलायमान बनाउन आक्रामक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ। यसअनुसार बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिकासमेत बनाइसकेको छ।

‘अब हामी दैनिक १०० भन्दा बढी उडान भर्नेछौँ’, बुद्ध एयर मार्केटिङ सेल्स निर्देशक रुपेश जोशीले भने।

‘समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौँ, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्नेछौँ’, मार्कटिङ सेल्स निर्देशक जोशीले भने।

अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ।

यसबाट यात्रुले आफूखुसी अनुकूल समयमा हवाइ यात्रा गर्नसक्छन्। अझ कर्पोरेट बिजनेस सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन्।

थपिएको जहाजबाट हामीलाई नियमित विमान मर्मतसम्भार गर्न थप सजिलो हुने जोशीले बताए।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाइट पनि गरिरहेको छ।

भारतको बनारस उडान दुवै देशको स्वीकृतिपछि पुनः थाल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad