जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर भारत गएका छन्। प्रतिनिधि सभा विघटनपछि ठाकुर दिल्ली जानुलाई चासोपूर्वक हेरिएको छ।
तर जसपाका नेता केशव झाले भने मेदान्त अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि ठाकुर दिल्ली गएका बताए।
कोरोनाको कारण मेदान्त अस्पतालमा नियमित चेकजाँच गराउन नपाएका ठाकुर सोमबार स्थलमार्गबाट दिल्ली गएका झाले जानकारी दिए। ठाकुर ३÷४ दिन अस्पतालमै रहनेछन्।
‘उहाँको मुटुको नियमित जाँच गराउनुपर्छ, कोरोनाले गर्दा बीचमा मेदान्त अस्पताल जान सकिएको थिएन, यही नर्भिकमा चेकजाँच भएको थियो’, झाले नेपालखबरसँग भने, ‘अहिले भने मेदान्तमै फलोअप गर्न जानुभएको हो।’
उता जसपाका नेता राजकिशोर यादव दिल्ली गएको बारे कुनै जानकारी नभएको झाले बताए।
‘यादव दिल्ली गएकोबारे पार्टीमा कुनै जानकारी छैन, उहाँको व्यापार व्यवसाय उतै भएर व्यक्तिगत काममा जानुभएको होला’, उनले भने।
Shares

प्रतिक्रिया