कारोबार


१३ खर्ब ४४ अर्बमा झर्‍यो बजेटको आकार, उच्च आर्थिक वृद्धिदर हासिल नहुने

१३ खर्ब ४४ अर्बमा झर्‍यो बजेटको आकार, उच्च आर्थिक वृद्धिदर हासिल नहुने

नेपालखबर
माघ २७, २०७७ मंगलबार १०:९,

सरकारले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ।

अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा गर्दै १४ खर्ब ७४ अर्बको चालू आवको बजेट १३ खर्ब ४४ अर्बमा झारेको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुल बजेटको ९१.१९ प्रतिशत मात्रै खर्च गर्ने संशोधित लक्ष्य राखेको अर्धवार्षिक बजेट समीक्षा कार्यक्रममा जानकारी दिए।

त्यस्तै सरकारले कोरोनाको कारण यस वर्ष बजेटले तोकेको ७ प्रतिशत आर्थिक वृद्धिदर नहुने संशोधित अनुमान गरेको छ। मन्त्रालयका अनुसार यो वर्ष औसत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको हो।

यस्तै संशोधित राजस्व लक्ष्य १० खर्ब ७४ अर्ब (राजस्व र आन्तरिक ऋणबाट) संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै सरकारले वैदेशिक अनुदान पनि घटाएर ३५ अर्बमा झारेको छ।

यसबाहेक वैदेशिक ऋण २ खर्ब ३५ अर्बमा झारिएको छ।

सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको कुल बजेट विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत खर्च गर्ने जनाएको थियो।

बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने उल्लेख थियो।

उनका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइने भनिएको थियो। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताएका थिए।

तर चालू आर्थिक वर्षको ६ महिनामा विकास खर्च गत वर्षको तुलनामा १९.६० प्रतिशत घटेको छ। चालू आर्थिक वर्षको कुल पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९२ करोडमध्ये ५० अर्ब ८२ करोडमात्रै खर्च गर्न सकेको हो।

कुल वार्षिक लक्ष्यको १४.४० प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले बताएको छ। गत वर्षको यही अवधिमा ६३ अर्ब २० करोड खर्च भएको थियो।

खर्चको स्रोतगत स्थितिमा सरकार राजस्व ३ खर्ब ८० अर्ब रुपैयाँ, वैदेशिक अनुदान ५ अर्ब ६१ करोड रुपैयाँ र वैदेशिक ऋण ३० अर्ब ४ करोड रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad