कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्यमाकुमारी अर्यालले कृषिमलको समस्या सधैँको लागि अन्त्य भएको बताएकी छन्।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैँको लागि अन्त्य भएको बताएकी हुन्।
आफूले मन्त्रालय सम्हालेपछि समस्याको समाधानको लागि तत्कालिन रुपमा गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती गर्न हुनथालेपछि मलको समस्या हटेको बताइन्।
मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखाना स्थापना गर्ने गरी काम अगाडि बढेको मन्त्री अयालले बताइन्। मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन्।
यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ।
आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरी प्रथम चौमासिक अवधीमा ३ लाख मेट्रिक टन मल आपुर्तीको प्रक्रिया यही महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताइन्।

प्रतिक्रिया