सैन्य कूविरुद्ध प्रदर्शन गर्दा उनीहरुमाथि सेना तथा प्रहरीले गोली चलाएका हुन्।
तर ३८ जनाको मृत्यु भएको भोलिपल्ट पनि म्यान्मारमा सैन्य कूविरुद्धको प्रदर्शन नरोकिएको बीबीसीले जनाएको छ।
हाल देशका ठूलो शहरहरुमा प्रदर्शनकारीले आन्दोलन चर्काएका छन्। प्रहरी तथा सेनाले अश्रुग्यासका साथै गोली पनि प्रहार गरेको बताइएको छ।
यद्यपी अहिलेसम्म कुनै हताहतीको समाचार प्राप्त भइसकेको छैन। समाचारका अनुसार यंगुन र केन्द्रिय शहर मोन्यावामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएका छन्।

एक सामाजिक अभियन्ता माउंग साउंगकाले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘हामीलाई थाहा छ हामीलाई फेरि गोली लाग्नसक्छ। तर यसको मतलब यो होइन कि हामीले सैनिक शासन स्वीकार गर्नुपर्छ।’
रक्तपात हुन थालेपछि संयुक्त राष्ट्रसंघले म्यान्मारका सेना तथा प्रहरीलाई गोली नचलाउन आग्रह गरेको छ।
लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टीले चुनावमा धाँधली गरेर निर्वाचन जितेको आरोप लगाउँदै त्यहाँ सेनाले सत्ता आफ्नो हातमा लिएको छ।
प्रदर्शनकारीले सैन्य शासन नमान्ने भन्दै प्रदर्शन गरिरहेका हुन्।


प्रतिक्रिया