कारोबार


राष्ट्र बैंकबाट आईक्याशले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

राष्ट्र बैंकबाट आईक्याशले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

नेपालखबर
चैत ३, २०७७ मंगलबार १२:१,

नेपाल राष्ट्र बैंकले आईक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ।

राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम ‘आईक्याश प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो। २०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अबको केही दिनमै आफ्नो सेवा सेवाग्राहीहरुमाझ ल्याउने भएको छ।

२५ वर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्षसमेत लिएको छ।

डिजिटल भुक्तानीका अलावा कम्पनीले आईक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडि बढाउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ। राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाईमा पुर्याउने गरी काम भइरहेको भट्टराईको दाबी छ।

कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टका अनुसार आईक्याश प्रालिले सञ्चालन गर्ने आईक्याश मोबाइल एप र आईक्याशको वेव प्लेटफर्ममार्फत मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad