राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सम्पूर्ण व्यावसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ।
चैत १ गतेदेखि लागू हुनेगरी प्रिमियम दर घटाइएको बैंकले जनाएको छ।
बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो।
बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ।
बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ। बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ।
3
Shares

प्रतिक्रिया