कारोबार


फूडमाण्डुसँगको सहकार्यमा राकुटेन भाइबरको होली विशेष अफर

फूडमाण्डुसँगको सहकार्यमा राकुटेन भाइबरको होली विशेष अफर

नेपालखबर
चैत १८, २०७७ बुधबार १०:११,

होली पर्व २०७७ मनाउने नेपाली प्रयोगकर्ताहरुका लागि राकुटेन भाइबर टिमले फूडमाण्डुसँग मिलेर उत्साहजनक प्रोत्साहन अफरका साथै पर्व विशेष स्टिकर प्याक उपलब्ध गराएको थियो।

अझै पनि महामारीको कारणले भौतिक दूरी कायम नै राख्न परे पनि हर तरिकाबाट यो होली पर्वको रङ्गमा मिसिन चाहने अवस्थामा भाइबरले नेपाली प्रयोगकर्ताहरुको मुहारमा मुस्कान ल्याउन र आनन्द प्रदान गर्न एक रमाइलो पर्वोत्सव स्टिकर प्याक प्रस्तुत गरेको थियो भने उनीहरुलाई खुशीको अनुभूति दिलाउन फूडमाण्डुसँगको सहकार्यमा उत्साहजनक अफरहरु पनि प्रदान गरेको थियो।

यो नयाँ स्टिकर प्याकले होली–थिममा रंगीन स्टिकरहरुलाई समेटेको थियो जसले प्रयोगकर्ताहरुलाई आफ्ना परिवारजनहरु एवम् साथीभाइहरुलाई यो शुभपर्वको उपलक्ष्यमा शुभेच्छा व्यक्त गर्न सहयोग पुर्‍याएको थियो। भाइबरका यी स्टिकरहरुले पर्वको समयमा च्याटलाई प्रशस्त रंगहरुले भरेर उत्साहित बनाएको थियो रे वार्तालापहरुलाई छिटो छरितो बनाएको थियो।

साथै भाइबरले आफ्नो कम्युनिटी सदस्यहरुका लागि होलीको डब्बल रमाईलो प्रदान गर्न नेपालमा खानाहरु उपलब्ध गराउने फूडमाण्डुबाट खाना खरिद गर्दा त्यसको लागि विशेष उत्साहजनक प्रोत्साहन अफर समेत प्रदान गरेको थियो।

होली, मायाप्रेम र बसन्तको उत्सवको रुपमा पनि परिचित छ, र यो पर्व रङ्गहरुको साथमा मनाइने आपसी मेलमिलाप एवं स्वादिष्ट व्यन्जनको एक विशेष उल्हासमय पर्व हो। यस्तोमा यो भन्दा राम्रो अवसर के हुन सक्छ र? त्यस्तोमा भाइबरले फूडमाण्डुसँगको सहकार्यमा आफन्तजन र साथीभाइको लागि उनीहरुको प्रिय खाना अनलाइन अर्डर तथा उपलब्ध गराइदिएर उनीहरुलाई अझ रोमाञ्चित बनाइदिएको छ।

‘स्वादिष्ट खाना खाँदै कुराकानी गर्नु जत्तिको आनन्द अरु केहीले दिनै सक्दैन, त्यसमा पनि छुट्टिको बखतमा त झन् त्यसको रौनक नै अलग हुन्छ। र एउटा कम्पनी जसले खानाको माधयमबाट मानिसहरुको घर आँगनमै खुशी उपलब्ध गराइरहेको छ, त्यो कम्पनीको सहकार्य भाइबरसँग यस्तो पर्वको अवसरमा हुनुले विशेष अर्थ राख्दछ’ सहायक ब्राण्ड मार्केटिङ्ग मेनेजर दिक्षा महतले भनिन्।

भाइबरले ख्यातिप्राप्त फुड डेलिभरी कम्पनीसँग गरेको सहकार्यले भाइबरका कम्युनिटी सदस्यहरुलाई होलीको बेला ५०० भन्दा बढी रेष्टुरेन्टहरुबाट आफ्नो प्रिय खाना मगाउने सुविधा प्राप्त हुनेछ।

‘महामारीको संकट अझै पनि जारी रहेको अवस्थामा सानो कुरामा पनि खुशी पाउनुले ठूलो महत्व राख्दछ’ राकुटेन भाइबर एप्याकका सिनियर डाइरेक्टर डेभिड त्सेले भने,  ‘विशेष गरेर पर्वको समयमा एक व्यक्तिको अनुभवलाई केहीले पनि प्रतिस्थापन गर्न सक्दैन, त्यस्तो समयमा हामी कम्युनिटीलाई जोड्ने प्रयास गर्छौँ, चाहे उनीहरु जहाँकहीँ हुन्। यस्तो किसिमका उत्साहजनक प्रोत्साहनहरुले हाम्रा नेपाली प्रयोगकर्ताहरुलाई आपसी सम्बन्ध कायम गर्न तथा भर्चुअल नै भएपनि केही रमाईलो गर्ने मौका दिनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad