कारोबार


पेट्रोलियम डिलर्स एसोसिएसनका नवनिर्वाचित अध्यक्ष भन्छन् : विद्युतीय स्टेसन विस्तार गर्छौं

पेट्रोलियम डिलर्स एसोसिएसनका नवनिर्वाचित अध्यक्ष भन्छन् : विद्युतीय स्टेसन विस्तार गर्छौं

नेपालखबर
चैत २२, २०७७ आइतबार १३:१३,

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसियसनका अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन्।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा प्रधान बिजयी भएका हुन्।

साधारण सभा यही चैत २० र २१ गते भएको थियो। निर्वाचनमा प्रधानले ३ सय २ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याएका थिए। बिजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन्।

अरु पदहरुमा प्रधान समूहबाट उम्मेदवारी दिएका सबै निर्वाचित भएका थिए।

petrolium-association_1.jpg

आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोह पछि निर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेट्रोलपम्प सञ्चालनको लागि लाइसेन्स दिँदा वैज्ञानिक आधारमा दिनुपर्ने बिषयमा एसोसियसनले काम गर्ने बताए। त्यसैगरी निगमलाई प्रविधिमैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ एसोसियसनले पहल गर्ने, लागत अनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतीय स्टेशन विस्तारको लागि पहल गर्ने विषयमा एसोसियसनले काम गर्ने बताए।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले ३ वैसाखदेखि मुलुकभर विद्युतीय माध्यमबाट कारोबार गर्ने बताउँदै त्यस्को लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरिसकेको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad