समाज


घर मालिक्नी बलात्कार गर्ने व्यक्तिलाई टोकेपछि छाडेन यो कुकुरले, अहिले जेलमा छ अभियुक्त

घर मालिक्नी बलात्कार गर्ने व्यक्तिलाई टोकेपछि छाडेन यो कुकुरले, अहिले जेलमा छ अभियुक्त

नेपालखबर
चैत २२, २०७७ आइतबार १३:१३,

जीन्युजका अनुसार २९ वर्षका अभियुक्त दिलिप कुमारले सेल्भापुरमको एक घरमा घुसेर ३० वर्षकी महिलामाथि जबर्जस्ती करणी गरेका थिए।

त्यस लगत्तै उनी भाग्न खोजेका थिए। उनले आफ्नो सवारी भाग्नका लागि तयारी अवस्थामा समेत राखेका थिए।

तर उक्त घरको कुकुरले मालिक्नीलाई बलात्कार गरेर भाग्ने दिलिपलाई टोकेरै भुइँमा लाडाइ राखे। प्रहरीका अनुसार कुकुरले अभियुक्तको पेन्टमा पक्रिरह्यो।

जसका कारण ठूलो हो–हल्ला मच्चिएको थियो। त्यसपछि प्रहरी केहीबेरमै घटनास्थल पुगेका थिए। त्यहाँ महिलामाथि बलात्कार भएको थाहा भएपछि प्रहरीले दिलिप कुमारलाई गिरफ्तार गरेको छ।

हाल उनलाई भारतीय दण्ड संहिताको धारा ३७६ र ५०६ अनुसार मुद्दामा दोषी ठहर गरेर जेल पठाइएको छ।

प्रहरीका अनुसार ती महिला मानसिक रुपमा अस्वस्थ भएकी महिला हुन्। ती पुरुषले यसअघि उनलाई दुईपटक बलात्कार गरिसकेका रहेछन्।

अभियुक्तको फोनबाट ती महिलाको अश्लिल भिडिओ पनि बरामद भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad