अक्सिजन सिलिन्डर ल्याउन आज नेपाल वायु सेवा निगमको वाइडबडी ३३० जहाज चीन जाने भएको छ।
जहाज आज राति साढे ११ बजे काठमाडौंबाट चीनको राजधानी बेइजिङका लागि उड्ने र अक्सिजन सिलिन्डर लिएर मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने समय–तालिका रहेको नेपाल वायु सेवा निगमले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनेछ। साथै १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ।
चीनबाट जम्मा २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ। तर पहिलोपटक ४ सय थान मात्र ल्याउन लागिएको हो।
कोरोना संक्रमण ह्वात्तै बढेपछि अहिले देशमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ।

प्रतिक्रिया