सरकारले निजामती कर्मचारीको तलब मासिक दुई हजारले बढाएको छ। आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले सबै निजामती कर्मचारीको सुरुको तलवमानमा मासिक दुई हजारले वृद्धि गरेको हो।
निजामती कर्मचारीका आधिकारिक ट्रेड युनियनले २५ देखि ३५ प्रतिशतसम्म तलबवृद्धिको माग गरेका थिए। तर, अर्थमन्त्री विष्णु पौडेलले सबै तहका कर्मचारीको तलबमा समान दुई हजार रुपैयाँ वृद्धि गरेका हुन्।
त्यसैगरी सरकारले विद्यालयका कार्यालय सहयोगी, बालविकास केन्द्रका शिक्षिकाको तलब १५ हजार रुपैयाँ पुर्याएको छ। उनीहरुले यसअघि करिब सात हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका थिए।
सरकारले यसअघि २०७६र०७७ सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरुको तलबमानमा राजपत्रअनंकित श्रेणीका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशतले तलब वृद्धि गरेको थियो।
बढेको तलब
दर्जा हालको तलब वृद्धिपछि आउने तलब
मुख्यसचिव ६५१४० ६७१४०
सचिव ६०६८० ६२६८०
सहसचिव ४७३८० ४९३८०
उपसचिव ४०३८० ४२३८०
शाखा अधिकृत ३५९९० ३७९९०
नायबसुब्बा २८२०० ३०२००
खरिदार २६६१० २८६१०
कार्यालय सहयोगी २६५७० २८५७०
प्रतिक्रिया