ad ad

कारोबार


नेप्से उच्च विन्दुमा पुग्दा १७ अर्ब नाघ्यो सेयर कारोबार, पुनर्बीमाको अर्ब बढीको किनबेच

नेप्से उच्च विन्दुमा पुग्दा १७ अर्ब नाघ्यो सेयर कारोबार, पुनर्बीमाको अर्ब बढीको किनबेच

नेपालखबर
जेठ २३, २०७८ आइतबार ९:५८,

सेयरबजार केही दिनयता उछालिँदै गएको छ।

सूचक र कारोबार रकम दुवै उच्च विन्दुमा लागेका छन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५०.१३ अंकले नेप्से बढेर २९०६.८९ विन्दुमा पुगेको छ। सेन्सिटिभ सूचक पनि आज ७.८८ अंकले बढेको छ।

आजको कारोबारमा २ सय १८ कम्पनी सामेल भएका छन्। दिनभरिमा एक लाख ७१ हजार ६० पटक खरिदबिक्री हुँदा आइतबार १७ अर्ब २७ करोड १७ लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

कुल ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता सेयर बिक्रीमा उक्त रकमको कारोबार भएको हो।

यद्यपि आज १३ मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, अन्य, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र लगानी समूहको सूचक मात्रै हरियो रहेका छन्।

यी हुन् धेरै कमाउने ५ कम्पनीका लगानीकर्ता
आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक आम्दानी गरेका छन्। संस्थाको सेयर प्रतिकित्ता ४ सय ७५ रुपैयाँले बढेपछि लगानीकर्तालाई फाइदा पुगेको हो।

त्यस्तै, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले पनि आज ४७ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

यसबाहेक लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४९ रुपैयाँ, रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३९ रुपैयाँ र नेपाल बंगलादेश बैंककमा लगानीकर्ताले ३६ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

गुमाए यी लगानीकर्ताले
आज सर्वाधिक राधी जलविद्युतका लगानीकर्ताले प्रतिसेयर ९८ रुपैयाँ घाटा व्यहोरेका छन्। यसबाहेक दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले १७ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४६ रुपैयाँ, आँखुखोला जलविद्युतका लगानीकर्ताले १४ रुपैयाँ र युनियन हाइड्रोपावरका लगानीकर्ताले १५ रुपैयाँ प्रतिसेयर घाटा व्यहोरेका छन्।

सर्वाधिक कारोबार कसको?
आजको सेयरबजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको एक अर्ब २१ करोड १४ लाख बढीको सेयर किनबेच भएको हो।

त्यसबाहेक नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोडको, लुम्बिनी विकास बैंकको ५४ करोडको, कुमारी बैंकको ४६ करोडको र मेगा बैंकको ४४ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .