कारोबार


दोहोरो अंकले घट्यो सेयरबजार, नेपाल लाइफ इन्स्योरेन्सकाे धेरै काराेबार

दोहोरो अंकले घट्यो सेयरबजार, नेपाल लाइफ इन्स्योरेन्सकाे धेरै काराेबार

नेपालखबर
भदौ १५, २०७६ आइतबार १०:१८,

साताको पहिलो कारोबार दिन आज सेयरबजार ११.६३ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से दोहोरो अंकले घट्दा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.९५ अंकले घटेको छ।

बजारमा आज १ सय ६९ कम्पनीको ११ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ६ हजार ४ सय ७८ पटक किनबेच हुँदा आज २९ करोड ७३ लाखको कारोबार भएको छ।

बिहान ११ बजे खुलेको सेयरबजार निरन्तर ओरालो लागेपछि कारोबार मापन गर्ने सूचक १२ सय विन्दुबाट झरेर ११८४ दशमलव ७८ अंकमा पुगेको छ। आज नेप्से, सेन्सिटिभ, फ्लोट र सेन्सिटिभ फ्लोट गरी चारवटै सूचक रातो भएका छन्। कुल ११ समूहको कारोबार भएको दिन फाइनान्सको बाहेक अन्य सबै समूहको कारोबार सूचक झरेका छन्।

धेरै कारोबारका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ९७ लाखको सेयर प्रतिकित्ता ८ सय ८ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको प्रतिकित्ता ५ सय ४५ रुपैयाँमा १ करोड १९ लाखको, प्रभु बैंकको १ करोड ५ लाखको र नेपाल लाइफ इन्स्योरेन्स प्रमोटरको १ करोड ३ लाखको कारोबार भएको छ। अन्य कम्पनीले करोडको कारोबार गर्न सकेका छैनन्।

कमाइका आधारमा भने आज सबैको लघुवित्त वित्तीय संस्थाका सेयरधनीले प्रतिकित्ता ४४ रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै, युनाइटेड फाइनान्सका सेयरधनीले १७ रुपैयाँ, ग्रामीण विकास लघुवित्तका सेयरधनीले १७ रुपैयाँ, आँधीखोला लघुवित्तका सेयरधनीले १२ रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ३ रुपैयाँ आम्दानी गरेका छन्।

गुमाउनेमा भने साञ्जेन जलविद्युतका सेयरधनी परेका छन्। उनीहरुले १३ रुपैयाँ गुमाएका छन्। त्यस्तै, रसुवागढी हाइड्रोका सेयरधनीले ११ रुपैयाँ, ओरिएन्टल होटल्सका सेयरधनीले ३२ रुपैयाँ, हिमालयन पावर पार्टनरका सेयरधनीले ८ रुपैयाँ र एनएलजी इन्स्योरेन्सका सेयरधनीले ३१ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad