कला


मिस तीज सारी क्विन–२०१९ को विजेता बनिन् संगीता

मिस तीज सारी क्विन–२०१९ को विजेता बनिन् संगीता

नेपालखबर
भदौ १५, २०७६ आइतबार १०:८,

हिन्दु नारीहरुको महान् पर्वको रुपमा रहेको तीजलाई छेको पारेर ‘मिस तीज सारी क्विन २०१९ फोटो कन्टेस्ट’ ईटहरीमा सम्पन्न भएको छ।

सनिबार भएको बिजेता घोषणा तथा सांगीतिक कार्यक्रमबाट उक्त फोटो कन्टेस्टको विजेता संगीता उप्रेती लम्साल हुन सफल भएकी छन्। यस्तै फर्स्ट रनरअप सिर्जना पोख्रेल र सेकेन्ड रनरअप सर्मिला दाहाल भएकी छन्।

बिजेता र उपबिजेताहरुले क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार प्राप्त गरेका छन भने कुमारी बैंकको तर्फबाट १०-१० हजार बराबरको सारी र ईलाईट सिनेमा ईटहरीको तर्फबाट फिल्म टिकट सहित अवार्ड प्राप्त गरेका छन्।

प्रतियोगिताबाट बेस्ट फोटोजेनिक अवार्ड भावना श्रेष्ठले प्राप्त गरिन भने अर्गनाईज च्वाईस अवार्ड रश्मि रानाले प्राप्त गरिन। सहभागी सम्पुर्णलाई अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीले पढाईको लागि अष्ट्रेलिया जादा १ लाख सम्मको छुट संगै फुल स्कलरसिपको सुबिधा दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad