राजनीति


संसदमा बहसः डेंगु रोग नियन्त्रण गर्न सरकार उदासिन कि असक्षम?

संसदमा बहसः डेंगु रोग नियन्त्रण गर्न सरकार उदासिन कि असक्षम?

नेपालखबर
भदौ १५, २०७६ आइतबार ९:५६,

सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदद्धय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सत्तारुढ नेकपामा सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको सो रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले लामखुट्टे नियन्त्रण गरेर सो रोग लाग्न नदिन किन गम्भीर नभएको? भनि सरकारलाई प्रश्न पनि गरे।

नेकपाकै अर्की सांसद विशंखेले पनि सो रोग रोग लाग्न नदिन सरकारलाई सचेत गराइन्। उनले सो रोगबाट बच्न सञ्चार माध्यामबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाई नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले पनि डेंगु रोग नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाए। उनले सो रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराए।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सो रोग नियन्त्रणका लागि सरकार गम्भीर भएर लागि परेको दावी गरे। उने डेंगू रोग नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताए।

चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगू रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad