कामना सेवा बैंकले बागलुङको गलकोट नगरपालिका–३ स्थित गलकोटमा आफ्नो ९८औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।
प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले आइतबार सो शाखाको कारोबार शुभारम्भ गरेका हुन्। कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे, बैंकका सञ्चालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९८ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।
Shares

प्रतिक्रिया