भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको हालत एकदमै चिन्ताजनक भएको बताएका छन्।
नरेन्द्र मोदी सरकारका कारण देशमा गलत व्यवस्थापन भएपछि आर्थिक मन्दी छाएको सिंहले बताएका हुन्।
सरकारले दुईदिन अगाडि सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा ६ वर्षमा पहिलोपटक आर्थिक वृद्धि दर सबैभन्दा बढी खस्किएको छ।
वर्तमान वित्तीय वर्षको पहिलो तीन महिना गइसक्दा जीडीपीको वृद्धि दर पाँच प्रतिशतमा आएर अड्किएको छ।
यस अगाडि आर्थिक वृद्धि दर ५ दशमलब ८ प्रतिशत थियो। गतवर्षको जुन महिनामा आर्थिक वृद्धि दर ८ प्रतिशतले थियो।
Our economy has not recovered from the man made blunders of demonetisation & a hastily implemented GST... I urge the govt to put aside vendetta politics & reach out to all sane voices to steer our economy out of this crisis: Former PM Dr Manmohan Singh #DrSinghOnEconomicCrisis pic.twitter.com/83cBJWHay9
— Congress (@INCIndia) September 1, 2019काँग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको पहिचान एक अर्थशास्त्रीको रुपमा पनि छ।
उनले भने,‘लगतार गिरावट जारी भए भारतको लागि यो ठूलो समस्या हुनेछ। त्यसैले म सरकारसँग अग्रह गर्न चाहन्छु, प्रतिशोधको राजनीतिबाट बाहिर आएर दिमागले कार्य गर्नुस्, सबैको सुन्नुहोस्। अर्थव्यवस्थाको हो हालत सरकारको गल्तीले भएको हो।’ एजेन्सी
Shares

प्रतिक्रिया