नबिल बैंकले एटीएमबाट रकम निकालिएको प्रकरणमा आफ्नो बैंकको कार्डहरु प्रयोग नभएको स्पष्ट पारेको छ।
सोमबार बैंकले विज्ञप्ति प्रकासित गरी नबिल भिसा, मास्टरकार्ड, युनियन पे इन्टरनेशनलको आधिकारिक सदस्य रहेकोले ति संस्थाका सदस्य संस्थाहरुले जारी गरेका कार्डहरु प्रयोग गरी सो बैंकको एटीएममार्फत समेत रकम झिक्न सक्ने व्यवस्था रहेकोले सो बैंकको एटीएम प्रयोग गरी रकम निकालिएको तर, नबिलका कार्डहरु प्रयोग नगरेको जनाएको छ।
नबिलले बैंकको सुरक्षा प्रणालीमा कुनै कमजोरी नरहेको र सम्झौता नगरिएको दाबी पनि गरेको छ। ‘बरु बैंकको अनुगमन प्रणाली सुदृढ भएकोले समयमै समस्या पहिचान भएको’ उल्लेख गरिएको छ।
बैंकले आफ्नो एटीएमलगायत सबै सेवा सुचारु रहेको पनि स्पष्ट पारेको छ।
3
Shares

प्रतिक्रिया