समाज


पशुपतिको भिडमा हराएका पाँच बालबालिका आफन्तको जिम्मामा

पशुपतिको भिडमा हराएका पाँच बालबालिका आफन्तको जिम्मामा

नेपालखबर
भदौ १६, २०७६ सोमबार १३:५,

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आएका भक्तजनहरुका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको छ।

सो क्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट चिकित्सक समेतको स्वास्थ्य टोली खटि स्वास्थ्य अवस्थामा खरावी आएका १ सय ९७ जनालाई सामान्य स्वास्थ्य जाँच गरेको हो।

साथै सुरक्षा एवम् विविध मानवीय सेवा पुर्‍याउने उद्धेश्यले नेपाल प्रहरीले समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष संचालन गरी विविध सेवा पुर्‍याएको छ।

सो क्रममा दर्शनार्थीहरुको भीडमा हराएका ५ जना बालबालिकालाई प्रहरीले खोजी गरी सम्बन्धित अभिभावकको जिम्मा लगाएको छ भने आफन्तबाट छुटेका १ सय १९ जनालाई सम्पर्कमा ल्याएको छ।

साथै उक्त भीडमा हराएका पहेंलो औंठी २ थान र नगद सहितको पर्स १ थान प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad