राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम प्रारम्भ गरेको छ। राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार मैदानको घाँस काटेर स्तरोन्नती कार्यको प्रारम्भ गरे।
सो अवसरमा सदस्य–सचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै ३ दिनमा घाँस काट्ने काम सक्ने र ३ दिनमा मैदानको खाल्डा खुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी गराए। उनले त्यसपछि मैदानमा घाँस रोप्ने काम सम्पन्न भएपछि ४५ दिनभित्र मैदान तयार गरिसक्ने बताए।
उक्त अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, १३ औँ दक्षिण एसियाली खेलकुद (साग) सचिवालय प्रमुख कमल खनाललगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा सदस्य–सचिव सिलवालले भीआईपी प्यारापिटको निरीक्षण गर्दै तयारीका बारेमा जानकारी लिएका थिए।
Shares

प्रतिक्रिया