सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा इन्टरप्रिन्योर नेपालसँग सहकार्य गर्दै भक्तपुरको कमलबिनायकमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो।
कार्यक्रममा त्यस क्षेत्रका ४० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए। देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १८२ एटीएम र १,५०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया