रोयल इन्फिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ले सगरमाथाको सफल आरोहण गरेका छन्।
यही जेठ १ गते बिहान ८ बजे उनी सगरमाथाको शिखरमा पुगेका हुन्। उनले अप्रिल ११ मा सगरमाथाको आरोहण सुरु गरेका थिए।
श्रेष्ठले १० विभिन्न मुलुकका पदयात्रीसँगै सगरमाथा आरोहण गरेका थिए।
‘८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउन अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यालयमा अप्रिल ९ मा एक कार्यक्रम आयोजना गरी कम्पनीका निर्देशक हर्ष संघाईले शुभकामनासँगै रोयल इन्फिल्डको झण्डा प्रदान गरेका थिए।
शिखरमा पुगेपछि उनले रोयल इन्फिल्डको झण्डा फहराएको कम्पनीले जनाएको छ।
42
Shares

प्रतिक्रिया