कारोबार


हुन्डाई ग्रुपले अमेरिकामा साढे ५ अर्ब डलर लगानीमा विद्युतीय गाडीको ब्याट्री प्लान्ट खोल्ने

हुन्डाई ग्रुपले अमेरिकामा साढे ५ अर्ब डलर लगानीमा विद्युतीय गाडीको ब्याट्री प्लान्ट खोल्ने

नेपालखबर
जेठ ८, २०७९ आइतबार १२:५३, काठमाडौँ

हुन्डाई मोटर ग्रुपले हुन्डाई र किया ब्रान्डका विद्युतीय गाडी र ब्याट्रीको लागि ५ अर्ब ५० करोड डलर जर्जियामा लगानी गर्ने उल्लेख गरेको छ। 

अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणको क्रममा हुन्डाईले थप लगानी गर्ने घोषणा गरेको हो। 

हुन्डाईले २०२३ सम्म प्लान्ट निर्माण गर्ने र २०२५ बाट व्यावसायिक उत्पादन सुरु गर्ने जनाएको छ। हुन्डाईले वार्षिक ३ लाख युनिट विद्युतीय गाडी उत्पादन गर्ने उल्लेख गरेको छ। 

हुन्डाईले रणनीतिक साझेदारीसहित लगानी गर्दा ८ हजार बढीले जागिरको अवसर पाउने दाबी गरेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेन र हुन्डाई मोटर ग्रुपका प्रमुख युसन चुंग।

बाइडेनले हुन्डाईलाई लगानी घोषणाको लागि धन्यवाद दिँदै रुपान्तरणकारी अटो क्षेत्रको लगानीले अमेरिकामा सबै गाडी विद्युतीय बनाउन सहयोग पुग्ने बताएका छन्। 

त्यसबाहेक हुन्डाई ग्रुपले अमेरिकामा ५ अर्ब डलर लगानी गर्ने घोषणा गर्ने बताएको छ। योसँगै हुन्डाई मोटर ग्रुपले अमेरिकामा आगामी वर्षमा १० अर्ब डलर बढी लगानी गर्नलागेको हो। 

हुन्डाईले रोबोटिक्स, अर्बान एयर मोबिलिटी, अटोनोमस ड्राइभिङ र आर्टिफिसियल इन्टेलिजेन्समा लगानी गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad