ad ad

कारोबार


टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

नेपालखबर
जेठ २९, २०७९ आइतबार १७:३३, काठमाडौँ

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ। 

भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ। 

विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि छ । २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।     

‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौँ। टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्ध
छ’, टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाइअन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले भने।  

उनले टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान
गर्ने बताए। 

‘सिप्रदी ग्रुप दशकौंदेखि टाटाका कमर्सिअल गाडीहरुको बिक्री तथा सेवासम्बन्धी कार्यलाई उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रतिबद्ध छ । र यही प्रतिबद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा विश्वस्त छौँ’, उनले थपे।  

यसैगरी, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले स्थापनाकालदेखि नै सिप्रदी ट्रेडिङ्ग आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकहरुको इच्छा र आवश्यकताहरुलाई परिपूर्ति गर्न प्रतिबद्ध रहेको बताए। 

उनले भने, ‘टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ उर्जा प्रदान गर्नेछ। हामी पूर्ण विश्वस्त छौं कि टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुनेछ।’ 
 

सीपीसीबी २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाउने कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार यसका विशेष प्रकारको इन्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ ।  

निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .