ad ad

कारोबार


नेपालमा पहिलोपटक ‘फर्मुला वान इन स्कुल्स’ कार्यक्रम

नेपालमा पहिलोपटक ‘फर्मुला वान इन स्कुल्स’ कार्यक्रम

नेपालखबर
असार १२, २०७९ आइतबार २३:५०, काठमाडौँ

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कूल्स कार्यक्रम सुरु गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको आज एक समारोह विचमा शुभारम्भ गरेका हुन्।

नेपालका १० वटा इन्जिनीयरिङ्ग, साइन्स र व्यवस्थापन कलेजका सय जना गल्र्स छात्राहरु सहभागी सो कार्यक्रममा दिपक थापा, मन्चन तिवारी, विपिन गौतम, आशिष लामिछाने, सुयोग खनाल लगायतले फर्मुला वान, कार्ट्स रेसिंग, स्पोर्ट्स म्यानेजमेन्ट , सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिएका छन्।  

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ एफआईए को सहयोगमा सम्पन कार्यक्रममा एफआईए वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टराई, नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश सिवाकोटी, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका पदाधिकारीहरु समेत अथितिको रुपमा सहभागी थिए। 

काठमाडौँ इन्जिनीयरिङ्ग कलेजका अध्यक्ष हिरण्य मान प्रधान, नासा नेपालका उपाध्यक्ष अनिल बराल तथा सदस्य दिप्रस शाक्य, नासा नेपालका परियोजना तथा वैदेशिक मामिला म्यानेजर सुवास भट्टराई र ब्रान्डिङ्ग अफिसर सौगात राजभण्डारी समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नासा नेपालको सक्रियताको उच्च प्रशंसा गर्दै आगामी दिनमा राखेपको निरन्तर सहयोग रहने प्रतिबद्घता जनाए।    
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .