ad ad

कारोबार


मोटरहेडको ‘बिग बिगर बिगेस्ट’ अफर, बम्परमा २ लाख जित्न सकिने

मोटरहेडको ‘बिग बिगर बिगेस्ट’ अफर, बम्परमा २ लाख जित्न सकिने

नेपालखबर
असार १४, २०७९ मंगलबार १४:२६, काठमाडौँ

मोटरहेड ब्रान्डको नेपालका लागि अधिकृत बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाएको छ। 

कम्पनीले नयाँ वर्षको अफरलाई ‘बिग बिगर बिगेस्ट’ अफर नामकरण गरी असार १३ बाट थप अफरका साथ परिमार्जित गरेको जनाएको छ। 

यसअनुसार कम्पनीका बाइक किन्ने ग्राहकलाई स्क्राच कुपन, बम्परमा सहभागीको साथै दुई वर्षको वार्षिक कर फ्रि हुनेछ। यसमा स्क्राच गरी १ लाखसम्मको छुट पाउन सकिनुका साथै बम्परमा २ लाख ७ हजार ९ सय रुपैयाँ नगद जित्न सकिने कम्पनीले जनाएको छ। 

पुराना बाइक सट्टापट्टा गरी खरिद गर्ने ग्राहकलाई भने स्क्राच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ मूल्यांकन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ। 

कम्पनीले यो अफर सीमित अवधिको लागि भएको जनाएको छ। 

कम्पनीका बाइकहरु हाल पुरानै मूल्यमा उपलब्ध रहे पनि छिटै मूल्य बढ्ने जनाएको छ। मोटरहेड ब्रान्डका अपग्रेड मोडलहरु स्क्राम्बलर, टेकन आर २२३, एक्स–टर्क २२३, स्पोर्ट्स–२५० अफरोड÷रोड, एमएच–२००एक्स र एमएच–१५०आर चर्चित छन्। 

कम्पनीको पोखरा, बुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, बिर्तामोड, कावासोती, स्याङ्जा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबीघाट ललितपुरमा वितरक रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .