भिडोल लुब्रिकेन्टस्ले रिटेलर्स मिट सम्पन्न गरेको छ। नेपालमा भिडोल लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता भीजी ल्युबले डिलर मिट सम्पन्न गरेको हो।
भिजी ल्युब अन्तर्गतको शिखर लिंक ट्रेडर्सका सञ्चालक केदार थापा मगरले भिडोल लुब्रिकेन्ट गुणस्तरीय भएकैले सवारी साधनका लागि उपयुक्त भएको बताए।
शुक्रबार ललितपुरमा भएको कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले नयाँ प्रविधिका सवारीसाधनका साथै नयाँ प्रविधिका लुब्रिकेन्ट समेत बजारमा उपलब्ध भइरहेको बताए।

रिटेलर मिटमा भिडोल लुब्रिकेन्टको डिलर सुमित्रा ट्रेडर्स, टेकुका सञ्चालक अशोक कुमार पौडेल र शुभम पावर मल्टी ट्रेडर्स, कलंकीका सञ्चालक गोविन्द आचार्य समेत अतिथिको रुपमा सहभागी थिए ।
भीजी ल्युब प्रालिका मार्केटिङ तथा ब्रान्ड हेड समिप तिमिल्सिनाद्वारा सञ्चालित कार्यक्रममा रिटेलरहरुलाई विभिन्न उपहार समेत प्रदान गरेका थिए।


Shares

प्रतिक्रिया