कारोबार


नाडा ईभी एक्स्पो : नयाँ ब्रान्ड र दुईपांग्रे सवारीमा अवलोकनकर्ताको भीड

नाडा ईभी एक्स्पो : नयाँ ब्रान्ड र दुईपांग्रे सवारीमा अवलोकनकर्ताको भीड

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १७:४२, काठमाडौँ

नाडा ईभी एक्स्पोको दोस्रो दिन दुईपांग्रे सवारीसाधनमा अवलोकनकर्ताको भीड लागेको छ। 

पहिलोपटक भइरहेको विद्युतीय सवारीसाधन एक्स्पोमा सहभागी दुईपांग्रे सवारीसाधनका स्टलहरुमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएको हो।

ईभी एक्स्पो २०२२ मा १६ दुईपांग्रे ब्रान्ड छन्। जसमा लेभ्निङ, एनआईयू, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स, ब्लुसार्क लगायतका ब्रान्डको उपस्थिति छ। 

यीमध्ये ब्लुसार्क, जोय र इभिट्रिकले ईभी एक्स्पामा नै सार्वजनिक भएका ब्रान्ड हुन् भने अन्य ब्राण्डहरु यसअघि नै बजारमा उपलब्ध ब्रान्ड रहेको छन्। 

ईभी एक्स्पामा सहभागी सबैजसो ब्रान्डका स्टहरुमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता छ। ईभी एक्स्पोमा सहभागी काठमाडौं जोरपाटीका अभिषेक न्यौपानले यस्तो खालको ईभी एक्स्पोले ग्राहकको आवश्यकता अनुसारको स्कुटर छनोटमा सहज भएको बताए।

उनले भने, ‘अब इलेक्ट्रिक युगको सुरुवात भइसकेको छ, म पनि स्कुटर किन्ने सोच बनाएर आएको छु तर यहाँ आएर पछि छनोट धेरै भएको छ। अब सोचेर आफुलाई राम्रो लागेको किन्ने सोच बनाएको छु।’ 

यस्तो खाले एक्स्पोले ग्राहकलाई इलेक्ट्रिक भेहिकलको बारेमा जान्ने अवसरसमेत प्राप्त भएको न्यौपानेले बताए। 

विशेषगरी नयाँ लन्च भएका ब्रान्डमा अवलोकन कर्ताको भीड छ। त्यस्तै बजारमा यसअघि नै उपलब्ध रहेको ब्रान्डका स्टलहरुमा पनि उत्साहजनक सहभागित रहेको छ भने ग्राहकले बुकिङसमेत गरिरहेका दुईपांग्रे कम्पनीले बताएका छन्। 

सुपर शोकोले ईभी एक्स्पोको पहिलो दिन सार्वजनिक गरेको दुई मोडलका मोटरसाइकल सबै बुकिङ भइसकेको शुपर शोकोका सेल्स मेनेजर गोकुल राउत जानकारी दिए। 

त्यस्तै ईभी एक्स्पोमा भेटिएका कलंकीका राम नारायण भन्डारीले ईभी एक्स्पो हेरिसकेपछि स्कुटर किन्ने निधो गरेको बताए। 

उनले भने, ‘खासमा म हेर्न मात्र भनेर आएको स्कुटर हेरेपछि स्कुटर किन्ने निधो गरेको छु। यहाँ टेष्ट ड्राइभ गर्न नमिल्ने रहेछ। शोरुममा गएर चलाएर हेरे पछि किन्ने बिचार गरेको छु।’

धेरैजसो अवलोकन कर्ताहरुले स्कुटरको रेन्ज मूल्य हेरेर आफुले इलेक्ट्रीक स्कुटर छनोट गर्ने बताए। 

त्यस्तै नाडा ईभी एक्स्पो आयोजक कमिटीका सभापति अनुप बरालका अनुसार सोचेभन्दा धेरै अवलोकनकर्ताहरुको सहभागी भएको बताए। 
उनले भने, ‘हामीले ईभीमात्र भएको कारण सानो एक्स्पो होला भन्ने सोचेका थियौ, तर अवलोकनकर्ताको भीडले हामी निकै नै उत्साहित भएका छौं। आज दोस्रो दिन हामिले अनुमान गरे भन्दा धेरै अवलोकनकर्ताको उपस्थिति रहेको पाएका छौँ, भोलि शनिबार भएका कारण अझै योभन्दा धेरै उपस्थिति हुनेछ।’

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एपमार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ। एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ व्यवस्था गरेको छ। 

सिएटद्वारा प्रायोजित नाडा साधन, पार्टपुर्जा, वित्तीय सेवा उपलब्ध छन्। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .