ad ad

कारोबार


अल्फा मोटिभको प्रायोजनमा रोयल इनफिल्डको 'विन्डी राइड' आयोजना

अल्फा मोटिभको प्रायोजनमा रोयल इनफिल्डको 'विन्डी राइड' आयोजना

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १२:३६, काठमाडौँ

पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुल्लेट सर्भिस सेन्टरले आज रोयल इनफिल्ड विन्डी राइड आयोजना गरेको छ। 

रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका कम्पनीले जनाएको छ। 

राइड शुक्रबार बिहान ८  बजे नक्साल बुलेट सर्भिस सेन्टर, गैरीधाराबाट सुरु भएको हो। यो राइड कालिन्चोक पुगेर बास बस्ने र शनिबार बेलुका ६ बजे नक्साल बुल्लेट सर्भिस सेन्टर, गैरीधारा नै पुगेर समापन गरिने कम्पनीले जनाएको छ। 

यो राइड कार्यक्रममा सडक सुरक्षाबारे जनचेतना जोगाउँदै विभिन्न मनोरञ्जनात्मक खेलहरुसमेत हुनेछ।

अल्फा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर रहेको नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्डको आन्तरिक पर्यटन प्रवर्धनको मान्यता अनुरुप  पहिलो पटक यस्तो किसिमको राइड आयोजना गरेको हो, र अब यस विन्डी राइडलाई हरेक वर्ष आयोजन गर्ने उद्देश्य सर्भिस सेन्टरका प्रबन्धक मिलन पौडेलले लिएका छन् l 

राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासिक ३५० तथा मेटीअर ३५० मोटरसाइकलका साथै ४० भन्दा धेरै सहभागी भएका छन्।

राइडको सुरु हुनुअगाडि अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले  राइडरहरुलाई सडक सुरक्षा, सुरक्षित राइडिङ गिअरमा ध्यान दिन आग्रह गर्दै फ्ल्याग अफ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .