ad ad

कारोबार


१ हजार १८ वटा विद्युतीय सवारी भित्रिँदा डिजेल पेट्रोलका ७६० गाडी नेपाल आए

१ हजार १८ वटा विद्युतीय सवारी भित्रिँदा डिजेल पेट्रोलका ७६० गाडी नेपाल आए

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०७९ आइतबार १७:५०, काठमाडौँ

बितेको चार महिनामा एक हजार बढी विद्युतीय गाडी भित्रिएका छन्।

गत साउनदेखि कात्तिक मसान्तसम्म १ हजार १८ वटा विद्युतीय गाडी नेपालमा आयात भएको हो।  

४ महिनामा डिजेल पेट्रोलका कार, जिप, भ्यान भने ७६० वटा मात्रै भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

विभागको तथ्यांकअनुसार १०० किलोवाट कमका ९९० इभी भित्रिँदा १०० किलोवाटमाथिका २८ वटा भित्रिएका छन्।  

सरकारले पेट्रोल डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडीको आयात र माग बढ्दो छ।

सरकारले चालू आर्थिक वर्षमा १०० सीसीमाथिका गाडीमा कर बढाउँदा उक्त सेग्मेन्टका गाडीको आयात ह्वात्तै घटेको छ। 

अघिल्लो वर्ष ४ महिनामा ६७३ विद्युतीय गाडी आयात भएका थिए। जसमा १०० किलोवाटसम्मका २१० र २०० किलोवाटसम्मका ४६२ वटा आयात भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .