ad ad

कारोबार


सरकार र राष्ट्र बैंकका नीतिप्रति अटो व्यवसायी असन्तुष्ट, चरणबद्ध आन्दोलन गर्ने

सरकार र राष्ट्र बैंकका नीतिप्रति अटो व्यवसायी असन्तुष्ट, चरणबद्ध आन्दोलन गर्ने

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा (फाइल तस्बिर)


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १६:४०, काठमाडौँ

अटो व्यवसायीहरुले सरकार र राष्ट्र बैंकको नीतिप्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्ने भएका छन्। 

उनीहरुले शुक्रबार चरणबद्ध आन्दोलन गर्ने घोषणा गर्न लागेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए। 

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ अडिटोरियम हलमा दिउँसो सरकार र राष्ट्र बैंकका वर्तमान नीतिप्रति प्रतिक्रिया सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको उनले जानकारी दिए। 

सोही सम्मेलनमार्फत चरणबद्ध आन्दोलनको घोषणा गर्ने व्यवसायीको तयारी छ। 

सरकारले गत वैशाखयता डिजेल र पेट्रोलका चारपांग्रे सवारीसाधन आयातमा पूर्णतया रोक लगाएको छ भने दुईपांग्रे पनि १५० सीसीमाथि प्रतिबन्ध लगाएको छ। यता राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ। 

व्यवसायीहरुले गाडी आयात खुलाउन पटक पटक आयात प्रतिबन्ध हटाउन माग गर्दै आए पनि सरकारले मंसिर मसान्तसम्म निरन्तरता दिएको छ।

गाडी आयात नखुल्दा व्यवसाय चौपट भएको र सरकारलाई समेत राजस्व संकलनमा असर गरेको व्यवसायीले बताउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .